राजनीति


नेपाल–खनाल पक्षको स्थायी समिति बैठक शुक्रबार बस्ने

नेपाल–खनाल पक्षको स्थायी समिति बैठक शुक्रबार बस्ने

नेपालखबर
चैत १९, २०७७ बिहिबार १०:५३,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी समिति बैठक बस्ने भएको छ।

शुक्रबार बिहान ११ बजे कलंकीस्थित मेघा पार्टी प्यालेसमा स्थायी समितिको अनौपचारिक बैठक बस्ने नेता नेपालनिकट स्रोतले बतायो।

‘भोलि बिहान ११ बजे स्थायी समितिको अनौपचारिक बैठक बस्न लागेको हो’, स्रोतले नेपालखबरसँग भन्यो।

बैठकमा पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल हुने छ।

गत फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले नेपाल–खनाल पक्षलाई खबरै नगरी केन्द्रीय समिति बैठक बोलाएर महाधिवेशनको मिति घोषणा गर्ने, केन्द्रीय सदस्य थप गर्ने लगायतका निर्णय गरेपछि एमाले विभाजनको संघारमा पुगेको छ।

नेपाल–खनाल पक्षले समानान्तर पार्टीको अभ्यास सुरु गरेको छ। केही जनवर्गीय संगठन र केही जिल्लामा पार्टीका समानान्तर कमिटी समेत बनेका छन।

बिहीबारमात्रै नेता नेपालको उपस्थितिमा कास्की जिल्लामा समानान्तर कमिटी बनेको छ।

कास्की जिल्ला स्तरीय कार्यकर्ता भेलामा नेता नेपालले आफूहरु केन्द्रमा पनि समानान्तर कमिटी बनाएर अगाडि बढ्ने तयारीमा रहेको बताएका थिए।

उनले आफूहरु अन्य दलसँग सहकार्य गर्दै ओलीलाई एक्ल्याएर अगाडि बढ्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad