नेपाल पत्रकार महासंघ काठमाडौ जिल्ला अध्यक्षमा सूर्य सुवेदी निर्वाचित भएका छन्।
बिहीबार राति सम्पन्न मतगणनाअनुसार ७१३ मत ल्याएर सुवेदी अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ मत पाएका छन्।
यस्तै उपाध्यक्षमा रामचन्द्र दुलाल (भान्जा), महिला उपाध्यक्षमा अप्सरा गौतम, सचिवमा महेश्वर गौतम, सहसचिवमा अर्जुन डोटेल र कोषाध्यक्षमा अजित अधिकारी विजयी भएका छन्। खुला सदस्यमा कमलराज राई, कृष्णप्रसाद ढुंगेल, कृष्णराज गौतम, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डंगोल निर्वाचित भएका छन्।
मधेसी सदस्यमा मीनाकुमारी यादव, दलित सदस्यमा शोभा नेपाली, समावेशी सदस्यमा दीपक काफ्ले र महिला सदस्यमा शोभा अर्याल विजय भएका छन्।
देशभरमा सबैभन्दा धेरै मतदाता रहेको काठमाडौं शाखामा १ हजार २३४ मत खसेको थियो।
Shares

प्रतिक्रिया