राजनीति


सर्लाहीमा माधव नेपाल पक्षले चयन गर्‍याे युवा संघको नयाँ नेतृत्व

सर्लाहीमा माधव नेपाल पक्षले चयन गर्‍याे युवा संघको नयाँ नेतृत्व

नेपालखबर
चैत २८, २०७७ शनिबार १३:१६,

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सर्लाहीमा पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व चयन गरेको छ।

शनिबार नेता योगेश भट्टराईको प्रमुख आतिथ्यमा भएको युवा संघको विशेष जिल्ला भेलाले जय गोलेको अध्यक्षतामा संघको जिल्ला कमिटी चयन गरेको हो।

yuwasanghasarlahi

हरिवनस्थित सम्राट हलमा ७ सय युवाको सहभागितामा भएको भेलाले युवा संघको ३०१ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको एमाले नेता चूडामणि वाग्लेले नेपालखबरलाई जानकारी दिए।

त्यसअघि बिहान दौड प्रतियोगिता र र्‍याली गरिएको उनले बताए।

yuwasarlahidaud

यो पनि : सर्लाही अध्यक्ष रेवती पन्त होइन भने एमाले अध्यक्ष पनि केपी ओली होइन: योगेश भट्टराई (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .