ad ad

राजनीति


संकटमा उत्तर कोरिया, किमले भनेः अनिकाल सुरु हुँदैछ, सामना गर्न तयार रहनु

संकटमा उत्तर कोरिया, किमले भनेः अनिकाल सुरु हुँदैछ, सामना गर्न तयार रहनु

नेपालखबर
चैत २८, २०७७ शनिबार १३:१७,

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ बिहीबार मात्र सत्तारुढ वर्कर्स पार्टीको सम्मेलनमा देशमा अनिकाल सुरुवात हुन लागेको जानकारी दिँदै आफ्ना नागरिकलाई अप्ठेरो परिस्थितीको सामना गर्न तयार रहन निर्देशन दिएका हुन्।

किमका अनुसार अब सुरुवात हुन लागेको संकटको घडी सन् १९९० को अनिकाल जत्तिकै भयावह हुनेछ।

त्यस समयमा उत्तर कोरियाका हजारौं मानिस भोकमरीका कारण ज्यान गुमाउन पुगेका थिए। सोभियत युनियनले उत्तरलाई हरेक किसिमको सहयोग पुर्याउँदै आएको थियो।

सोभियत युनियनको पतनकै कारण उत्तरमा अनिकाल र भोकमरी सुरुवात भएको थियो।

कोरोना भाइरसको एक पनि संक्रमित देशमा नभएको दाबी गर्ने उत्तर कोरियाले सुरुवातदेखि कोरोनाविरुद्धको कडा नियमहरु लागू गरेको थियो।

यतिबेला उत्तरको प्रमुख व्यापारिक राष्ट्र भनेको चीन हो। तर कोरोना चीनबाटै फैलिएपछि उत्तरले हालसम्म पनि चीनसँगको सिमाना खोलेको छैन।

जसका कारण उत्तर कोरियामा ठूलो आर्थिक संकटसँगै खाद्यान्नको अभाव सुरुवात भइसकेको छ। अभावपछि त्यहाँ चरम महँगी पनि बढेको छ।

ह्युमन राइट्स वाचका लागि अनुसन्धानकर्ता लिना युन भन्छिन्,‘चीनबाट कमै मात्रामा खाद्यान्नहरु उत्तरमा निर्यात भएका छन्। धेरै मानिसहरुले सीमा क्षेत्रमा भोकमरीकै कारण ज्यान गुमाउन थालिसकेका छन्।’

उत्तरले केही समय अगाडि आफैंले कोरोनाविरुद्धको खोप बनाउने बताएको थियो।

तर चीनसँगको सीमा खोल्ने र लकडाउनका नियम खुकुलो बनाउने विषयमा उत्तरले ठोस निर्णय लिन सकेको छैन जसका कारण त्यहाँ संकट सुरुवात भएको हो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .