नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार कसको नेतृत्वमा गठन गर्ने भन्ने विषय आपसी सहमतिबाट टुंग्याउने बताएका छन्।
आइतबार गृहजिल्ला चितवनमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफूहरुले सरकारको नेतृत्व दावी नगरेको बताए।
उनले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल भइरहेको भन्दै उनले सहमतिबाटै नेतृत्व टुंगाउने बताए।
‘नेतृत्व कसको भन्नेकुरा सहमतिमा टुंगिन्छ। कोही कसैकोमा जाने भन्ने कुरा केपी ओलीको भाषा हो। किनभने उहाँ संविधान विरोधी, लोकतन्त्र विरोधी हो। त्यसकाविरुद्ध नेपाली कांग्रेस, नेकपा हामी सकै माधवसहित, जनता समाजवादी पार्टी पनि’, उनले भने, ‘जसले संविधान र राष्ट्र र जनताको पक्षमा छौँ। उनीहरु मिलेर सरकार बनाउन सही हुन्छ भन्ने कुरा पक्कै पनि हो। नेतृत्व कसको भन्ने कुरा सल्लाह हुँदै छ। सहमतिले जसको नेतृत्व हुन्छ त्यही मान्छौँ।’
प्रतिक्रिया