राजनीति


प्रधानमन्त्री ओली राष्ट्रिय हितविरुद्ध लागेका खबर आइरहेका छन् : प्रचण्ड

प्रधानमन्त्री ओली राष्ट्रिय हितविरुद्ध लागेका खबर आइरहेका छन् : प्रचण्ड

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार ८:१३,

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हितविपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्।

शुक्रबार ‘बागमती प्रदेश कराँते च्याम्पियनसिप–२०२१’ कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले देशलाई देशलाई बन्धकी राख्ने काम गरिरहेको आरोप लगाएका हुन्।

प्रधानमन्त्री राष्ट्रिय हितविपरीतका गतिविधिमा संलग्न भएका खबर आइरहेको दाबी गर्दै उनले प्रधानमन्त्रीबाट नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधीनतामा प्रश्न खडा गर्ने दुस्साहस भइरहेको जिकिर गरे।

तानाशाही र निरंकुश शक्ति एकचोटि पराजित भए पनि पूरै परास्त नभएको प्रचण्डले बताए।

अध्यक्ष प्रचण्डले केही मानिसले संघीयता खारेज गर्ने र स्थानीय तहलाई दिएको अधिकार खोस्ने सपना देखिरहेको दाबी पनि गरे।

तर परिवर्तन उल्ट्याउने कुरा नेपाली जनतालाई मान्य नहुने उनले चेतावनी दिए।

‘अहिले पनि केही मानिस त्यस्तो सपना देख्छन्। संघीयता खारेज गर्ने, स्थानीय तहमा गएको अधिकार खोसेर फेरी केन्द्रका केही सीमित व्यक्तिको हातमा केन्द्रित गर्ने, समावेशिता र समानुपातिकता उल्ट्याउन खोज्ने प्रवृत्ति देखापरेको छ,’ उनले भने, ‘मुट्ठीभर मान्छेले षड्यन्त्रपूर्ण तरिकाले यसलाई उल्ट्याउन खोज्ने कुरा नेपाली जनतालाई मान्य छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad