राजनीति


कर्णाली प्रदेशमा भएको ‘फ्लोर-क्रस’बारे प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दिए कडा प्रतिक्रिया

कर्णाली प्रदेशमा भएको ‘फ्लोर-क्रस’बारे प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दिए कडा प्रतिक्रिया

नेपालखबर
बैशाख ४, २०७८ शनिबार ४:१४,

कर्णाली प्रदेश सभामा पार्टीको ह्विपविपरीत एमालेका चार सांसदले माओावदी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कडा प्रतिक्रिया दिएका छन्।

पार्टीको निर्देशनविपरीत ‘फ्लोर–क्रस’ गर्दै ओली पक्षकै १ र माधव नेपाल पक्षका ३ गरी एमालेका ४ जना प्रदेश सांसदले शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गरी सरकार जोगाइदिएका हुन्।

जसविरुद्ध यतिबेला ओली पक्षका एकपछि अर्का नेताले आक्रामक प्रतिक्रिया व्यक्त गरिरहेका छन्।

यसै क्रममा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि कडा आलोचना गरेका छन्।

कर्णालीमा भएको ‘फ्लोर–क्रस’ माओवादी केन्द्रमा विलय हुन आतुर एमालेभित्रका एमालेविरोधीहरूको सार्वजनिक उद्घोष भएको उनको टिप्पणी छ।

‘कर्णाली प्रदेशको ‘फ्लोर–क्रस’ फ्लोर–क्रस मात्र हैन, माओवादी केन्द्रमा विलय हुन आतुर एमालेभित्र रहेका एमालेविरोधीहरूको सार्वजनिक उद्घोष हो,’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्। 

उनले अगाडि भनेका छन्, ‘एमाले समाप्त पार्न ‘एकता–विधि–पद्धति’को नाममा क्रियाशील तत्त्व,
के कस्तो षड्यन्त्रमा संलग्न छ भन्ने बुझ्न र त्यसबाट भ्रममुक्त हुन यो घटना पर्याप्त छैन र?’

यो पनि : कर्णालीबारे लुम्बिनीका मुख्यमन्त्री पोखरेलको प्रतिक्रिया : गम्भीर राजनीतिक अपराध

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad