समाज


पानी पर्दा किसान खुशी, डढेलो पनि निभ्यो

पानी पर्दा किसान खुशी, डढेलो पनि निभ्यो

नेपालखबर
बैशाख ४, २०७८ शनिबार ३:४३,

म्याग्दीसहित साविकको धौलागिरि अञ्चलका तीनवटा जिल्लामा बिहीबार र शुक्रबार वर्षा भएको छ । मुस्ताङबाहेक म्याग्दी, पर्वत र बागलुङ जिल्लामा पानी परेपछि यहाँका किसान खुशी भएका छन्।

लामो समयपछि भएको वर्षाका कारण किसान खुशी भएका हुन्। पानी परेसँगै खेतीबाली सप्रिने, केही दिन अघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने र आगलागी पनि नियन्त्रणमा आउने भएपछि किसान खुशी देखिएका छन्।

लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा मकै गोड्न सजिलो भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए।

पानी परेपछि थुप्रै ठाउँका जंगलमा भइरहेको डढेलो समेत नियन्त्रणमा आएको छ । यस वर्ष गत एक महिनाको अवधिमा म्याग्दीको एक हजार ६०० हेक्टर जङ्गलमा डढेलो लाग्दा वातावरण नै असहज बन्नुका साथै बस्तीसमेत खतरामा परेका थिए।

वर्षाले डढेलो नियन्त्रणमा आएको स्थानीय बासिन्दाले बताएका छन् । असोजयता पानी नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको छ भने बर्खे खेती लगाउन पनि असर परेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad