नेकपा माओवादी केन्द्रको आज (सोमबार) दिउँसो बस्ने भनिएको स्थायी कमिटीको बैठक भोलि (मंगलबार) राखिने भएको छ।
पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार स्थायी समितिको बैठक अब भोलि मंगलबार दिउँसो १ बजे बस्नेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने अपेक्षा गरिएको बैठक एक दिन पछि सारिएको हो।
भोलि मंगलबार संसद् बैठक बस्ने कार्यसूची तय भइसकेको अवस्थामा सरकारले अचानक आजै चालु अधिवेशनै अन्त्य गरेपछि माओवादी केन्द्रले आफ्नो स्थायी समितिको बैठक राख्ने समय पनि सारेको हो।
आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा नेपाली कांग्रेस जुटिरहेको सूचना पाएर प्रधानमन्त्री ओलीले आज बिहान मन्त्रिपरिषद् बैठक राखेर संसद् अधिवेशनै अन्त्य गराउने निर्णय गरेका हुन्।
3
Shares

प्रतिक्रिया