राजनीति


लुम्बिनीमा मन्त्री बनेका जसपाका ४ नेता प्रदेश सभाबाट हटाइए

लुम्बिनीमा मन्त्री बनेका जसपाका ४ नेता प्रदेश सभाबाट हटाइए

नेपालखबर
काठमाडौं, बैशाख १६

लुम्बिनी प्रदेशमा पार्टी निर्णय विपरित मन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा) का चार जना प्रदेश सभा सदस्यबाट मुक्त भएका छन्।

सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे प्रदेश सभा सदस्यबाट मुक्त भएका हुन्।

जसपा लुम्बिनी प्रदेश संसदीय दलको पत्र अनुसार उनीहरुलाई जसपा केन्द्रीय कार्यकारिणी समितिले प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट हटाएको जानकारी आएकोले पदमुक्त गरिएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताएका छन्।

हाल प्रदेश सभा बैठक नभएको हुनाले उनीहरुलाई पदमुक्त गरिएको सूचना टाँस गरिएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि जसपाका ४ सांसद मन्त्री बनेका थिए।

मन्त्री बनेका ३ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर पनि गरेका छन्।

lumbeni pradesh padmukta

बैशाख १६, २०७८, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .