राजनीति


पार्टी बैठकलगत्तै शीतलनिवास पुगे प्रधानमन्त्री ओली

पार्टी बैठकलगत्तै शीतलनिवास पुगे प्रधानमन्त्री ओली

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ६:३५,

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन्।

नेकपा–एमालेको स्थायी समिति बैठकलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न ओली शीतल निवास पुगेको प्रधानमन्त्री स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका पदाधिकारीसँग देउवा निवास बुढानीलकण्ठ नै पुगेर छलफल गरेका थिए।

सो छलफलमा ओलीले विश्वसको मत दिनको लागि आग्रह गरेको र त्यसलाई कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ दिएपछि प्रधानमन्त्री ओलीले बुधबार बेलुका नै बिहीबार विहान बस्नेगरी स्थायी समितिको बैठक बोलाएका थिए।

प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad