नेकपा एमालेको स्थायी कमिटीमा राष्ट्रिय सभाको उपनिर्वाचनबारे छलफल भएको छ।
जेठ ६ गते बागमती प्रदेशका लागि राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुँदैछ।
एमालेका उम्मेदवारलाई जिताउने गरी तयारी गर्न नेताहरुबाट सुझाव आएको परराष्ट्रमन्त्री तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
त्यसका लागि मतदाताहरु, जनप्रतिनिधिसँग छलफल गर्ने पनि एमालेले निर्णय गरेको छ।
एमालेले राष्ट्रिय सभा सदस्यका लागि रामबहादुर थापा बादललाई उम्मेदवार बनाएको छ भने कांग्रेस, माओवादी, जसपा र माधव नेपाल पक्षले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ।
बैशाख २७ गते संसदमा प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतका विषयमा पनि बैठकमा छलफल भएको ज्ञवालीले बताए।
विश्वासको मत प्राप्त गर्न विभिन्न पक्षसँग सघन ढंगले छलफल गर्ने निर्णय गरेको उनले बताए।
Shares

प्रतिक्रिया