ad ad

राजनीति


राप्रपा नेता बोहरा भन्छन् : अक्सिजन नपाएर संक्रमितको मृत्यु सरकारको लापरवाहीकाे परिणाम

राप्रपा नेता बोहरा भन्छन् : अक्सिजन नपाएर संक्रमितको मृत्यु सरकारको लापरवाहीकाे परिणाम

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ११:२७,

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले सरकारको चरम लापरवाहीका कारण अक्सिजन अभावमा कोरोना संक्रमितले ज्यान गुमाउनुपरेको बताएका छन्।

उनले रूपन्देहीको बुटवलमा ५ जना र सिद्वार्थनगरमा ४ जना कोरोना संक्रमित बिरामीको समयमा अक्सिजन नपाएर ज्यान गएको घटनाप्रति आफू मर्माहत भएको बताएका छन्।

‘यो सरकारको गम्भीर लापरवाहीको परिणाम हो’ पूर्वस्वास्थ्यमन्त्री बोहराले बिहीबार विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘कोरोनाको दोश्रो लहरको भयावह स्थितिमा अक्सिजनको पर्याप्त व्यवस्था गर्न नसक्नु र अस्पतालहरूले अक्सिजनको कारणले नयाँ बिरामी लिन नसक्ने जस्तो सूचना प्रकाशित गर्दा समेत त्यसको व्यवस्थापन गर्न नसक्नु भनेको सरकारको लाचारीपना र गैरजिम्मेवार कार्य हो’

उनले समयमा अक्सिजन उपलव्ध हुन नसकेको घटनाको छानविन गरी दोषिमाथि कारबाही गर्न स्थानीय प्रशासनलाई आग्रह गरेका छन्। अक्सिजन र उपचार नपाई नागरिकले ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न समेत सरकारसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .