नेपाली कांग्रेस पदाधिकारी बैठकले सरकारलाई कोरोना नियन्त्रणका लागि आएका स्वास्थ्य सामग्री पारदर्शी ढंगले वितरण गर्न आग्रह गरेको छ।
आज बिहान सभापति शेरबहादुर देउवा निवास वुढालीलकण्ठमा बसेको बैठकले स्वास्थ्य सामग्री सांसद र नेतामार्फत नभइ सरकारी संरचनाबाट पठाउन आग्रह गर्ने निर्णय गरेको सहमहामन्त्री सुनिलबहादुर थापाले नेपालखबरलाई बताए।
कांग्रेसले प्रधानमन्त्रीलाई कोरोना नियन्त्रणका लागि १५ बुँदे ज्ञापनपत्र पेश गरे पनि सरकार त्यसतर्फ गम्भिर नदेखिएको बैठकको निष्कर्ष रहेको उनले जानकारी दिए।
करोना महामारीलाई देखाएर सरकारले जनअधिकार कुन्ठित गर्ने कम गरेको कांग्रेको ठहर छ।
निधेषज्ञा मात्रै समधान नभएको भन्दै त्यसलाई वैज्ञानिक बनाउनसमेत सरकारलाई भनेको छ।
विदेशी सहयोग पनि ओली सरकारले दूरुपयोग गरेर पार्टी करण गर्न खोजेको बैठकको आरोप छ।
कोभिडको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पुरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेको कांग्रेसको आरोप छ।
कोभिड १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो।
आफ्ना असंवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पुरा गर्नका लागि सरकारले कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको ठहर बैठकले गरेको छ।
निषेधाज्ञा थप गर्दै २ दिन भित्र किनमेल गर भन्ने किसिमका कुराहरु त्यसकै निरन्तरता भएको कांग्रेसले बताएको छ।
सरकारको आशय अहिले पनि अक्सिजन, अस्पताल बेडको सुनिश्चितता सँगै दुर्गम गाउँ गाउँमा पीसीआर परीक्षण गर्ने, संक्रमितको उपचार सुनिश्चित गर्ने नदेखिएको बैठकको ठहर छ।

प्रतिक्रिया