राजनीति


१७ सदस्यीय मन्त्रिमण्डलमा प्रदेश २ बाटै दुई उपप्रधानसहित १० मन्त्री

१७ सदस्यीय मन्त्रिमण्डलमा प्रदेश २ बाटै दुई उपप्रधानसहित १० मन्त्री

शैलेन्द्र महतो
जेठ २२, २०७८ शनिबार ९:१४,

नेपालकै इतिहासमा पहिलो पटक केन्द्र सरकारमा प्रदेश २ बाट १० जना मन्त्री एकैदिन नियुक्त भएका छन्।

जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षलाई समेटेर प्रधानमन्त्री केपीशर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गर्दा प्रदेश २ बाट १० जना मन्त्री बनेका हुन्।

सो क्रममा उनले आफ्नै पार्टीका १३ मन्त्रीलाई हटाएर प्रदेश २ बाटै २ उपप्रधानमन्त्रीसहित १० मन्त्री नियुक्त गरेका हुन्। जसमा दुई जना उपप्रधान र २ राज्यमन्त्री छन्। ओलीको १७ सदस्यीय मन्त्रिमण्डलमा प्रदेश २ बाटमात्र १० जना  छन्।

जसपाबाट ९ जना मन्त्री छन् भने एमालेबाट १ जना। जसमा धनुषाबाटै दुई उपप्रधानमन्त्रीसहित तीन मन्त्री छन्।

धनुषा क्षेत्र नं. ३ बाट तत्कालिन राजपाबाट निर्वाचित सांसद जसपाका बरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री, धनुषा निर्वाचत क्षेत्र नं. ४ एमालेबाट निर्वाचित सांसद रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र मन्त्रालय र धुनषा निर्वाचिन क्षेत्र नं. २ बाट तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित सांसद उमाशंकर अरगरिया संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री बनेका छन्।

यस्तै महोत्तरी जिल्लाबाट पनि दुईजना मन्त्री बनेका छन्। जसपाको कोटामा परेका महोत्तरी क्षेत्र नं. २ बाट पूर्वराजपाबाट निर्वाचित सरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, समानुपातिक सांसद चन्दा चौधरी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेकी हुन्। चौधरीको घर सर्लाही भएपनि महोत्तरीबाट समानुपातिकमा उनी सांसद बनेकी हुन्।

सर्लाही क्षेत्र नं. १ मा पूर्वराजपाबाट निर्वाचित अनिल कुमार झा खानेपानी तथा सरसफाईमन्त्री बनेका छन्। पर्साबाट भने दुईजना मन्त्री बनेका छन्।

क्षेत्र नं. १ राजपाबाट निर्वाचित लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका छन् भने पर्सा निर्वाचन क्षेत्र २ तत्कालि फोरमबाट निर्वाचित विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बेनका हुन्।

त्यस्तै बारा जिल्लाको क्षेत्र नं. २ पूर्वराजपाबाट निर्वाचित सांसद एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री बनेका छन् भने सप्तरी क्षेत्र नं. ३ राजपाबाट निर्वाचित चन्द्रकान्त चौधरी राज्यमन्त्री, ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री भएका हुन्।

जसपाको एक राज्यमन्त्री रेणुका गुरुङमात्र प्रदेश नम्बर २ भन्दा बाहिरबाट भएकी छन्।

मन्त्री बनेका उमाशंकर अरगरिया, विमल श्रीवास्तव र राज्यमन्त्री बनेकी रेनुका गुरुङ उपेन्द्र यादव पक्षका हुन्। पछिल्लो समय उनीहरु कित्ता परिवर्तन गरेर महन्थ ठाकुर पक्षमा लागेपछि मन्त्री बनेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad