समाज


फेसबुक बन्द भएपछि ट्रम्प भन्छन्ः राष्ट्रपति बने भने जुकरबर्गलाई डिनरमा बोलाउँदिन

फेसबुक बन्द भएपछि ट्रम्प भन्छन्ः राष्ट्रपति बने भने जुकरबर्गलाई डिनरमा बोलाउँदिन

नेपालखबर
जेठ २२, २०७८ शनिबार ९:११,

फेसबुकले आफ्नो अकाउन्ट दुई वर्षका लागि बन्द गरिदिएपछि रुष्ट बनेका ट्रम्पले आफूले जुकरबर्गलाई ह्वाइट हाउसको डिनरमा नबोलाउने र जुकरबर्गले डिनरका लागि बोलाए पनि नजाने बताएका हुन्।

सो क्रममा उनले आफ्नो फेसकुब बन्द हुनुलाई अमेरिकी जनतामाथिको अपमान भएको पनि बताएका छन्।

ट्रम्पको अमेरिका पोलिटिकल कमिटीले एब बयान जारी गर्दै भनेको छ,‘फेसबुकको फैसला साढे ७ करोड अमेरिकी नागरिकको अपमान हो जसले ट्रम्पलाई भोट गरेका थिए।’

गत जनवरीमा ट्रम्पका समर्थकले जो बाइडेन राष्ट्रपति बन्नै लाग्दा अमेरिकी संसद भवनमै तोडफोड गरेका थिए। ट्रम्पले चुनावको हार अस्वीकार गरेपछि उनका समर्थक हिंस्रक बनेका थिए।

ट्रम्पकै कारण अमेरिकामा हिंसा भड्किएको भन्दै सामाजिक संजालहरुले धमाधम ट्रम्पको अकाउन्ट बन्द गरेका थिए।

सो क्रममा फेसबुकले पनि ट्रम्पको फेसबुक पेज, अकाउन्ट र इन्स्टाग्राम बन्द गरिदिएको हो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad