राजनीति


मनाङे : मन्त्री पदबाट राजीनामा कि बर्खास्त?

मनाङे : मन्त्री पदबाट राजीनामा कि बर्खास्त?

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार ०:२९,

गण्डकी प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका राजीव गुरुङ (दीपक मनाङे) ले पदबाट राजीनामा दिएका हुन् कि उनलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बर्खास्त गरेका हुन् भन्ने अन्योल भएको छ।

बिहीबार मुख्यमन्त्री गुरुङले उनलाई खेलकुद मन्त्री पदबाट बर्खास्त गरेको तथा उनले राजीनामा दिएको भन्ने खबर एकसाथ सार्वजनिक भएका हुन्।

manange barkhasta

बर्खास्त गरिएको पत्र र राजीनामा दिएको पत्र सँगसँगैजसो सञ्चारमाध्यममा आएका हुन्।

कुन पहिले भन्ने अन्योल भए पनि मनाङे निकटहरूले पहिले उनले राजीनामा दिएको दाबी गरेका छन्।

manange raji

मनाङे मनाङ ‘ख’ बाट स्वतन्त्र रूपमा उम्मेदवा बनेर प्रदेश सांसदमा निर्वाचित भएका हुन्। मुख्यमन्त्री गुरुङले पहिलो कार्यकालमै मन्त्री बनाएका मनाङेलाई आफूविरुद्ध अश्विास प्रस्ताव दर्ता भएपछि मतदान हुनु एक दिनअघि पदबाट राजीनामा दिएका गुरुङले मन्त्रिमण्डल पुनर्गठन गर्दै हालै दोस्रोपटक पनि खेलकुद मन्त्री बनाएका थिए।

तर बिहीबार मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने बेला विपक्षीलाई समर्थन गर्ने भन्दै मनाङे मतदानमा सहभागी भएका थिएनन्। मनाङेले साथ नदिँदा विपक्षीले समेत बहुमत पुर्याउन नसक्ने र प्रदेश सभा नै विघटन हुने अवस्था छ। तर मनाङेले साथ दिने भएपछि अब विपक्षीले गठबन्धनको सरकार बनाउन सक्ने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .