राजनीति


सुचीविरुद्ध गम्भीर आरोपमा मुद्दा दायर, १५ वर्ष जेल सजाय हुन सक्ने

सुचीविरुद्ध गम्भीर आरोपमा मुद्दा दायर, १५ वर्ष जेल सजाय हुन सक्ने

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार ०:३६,

म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सुचीविरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। जसलाई सूचीको दल नेशनल लिग फर डेमोक्रेसीले सुचीलाई फसाउन लगाइएको गम्भीर भुट्टा आरोप भनेको छ।

सैनिक प्रशासनले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सुचीलाई घुसको रूपमा नगद र सुन लिएको आरोप लगाइएको छ। यो आरोपमा ुूची दोषी पाइएको खण्डमा १५ वर्ष जेल सजाय हुनसक्नेछ। यस बाहेक सुचीमाथि अवैध रूपले सञ्चार सेट आयात गर्ने र सार्वजनिक अशान्ति पैदा गरेको आरोपमा पनि मुद्दा दर्ता गरिएको छ।

फेब्रुअरी १ मा सैन्य प्रशासनले सत्ताको बागडोर सम्हालेपछि सुचीलाई पक्राउ गरिएको थियो । त्यसयता नजरबन्दमा राखिएकी सूची अदालतमा अत्यन्त कम उपस्थित गराइएकी छन्।

उनको दलका दर्जनौँ नेता तथा कार्यकर्तालाई पनि विभिन्न आरोपमा पक्राउ गरिएको छ। म्यानमारमा सेनाले सत्ताको बागडोर सम्हालेसँगै भएका प्रदर्शनमा सुचीलाई सघाएको आरोपमा सयौँ नागरिकको हत्या गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .