राजनीति


कर्णाली : सर्वोच्च अदालतले पुनर्बहाली गरेका ४ एमाले सांसदमध्ये ३ जना निलम्बन

कर्णाली : सर्वोच्च अदालतले पुनर्बहाली गरेका ४ एमाले सांसदमध्ये ३ जना निलम्बन

नेपालखबर
असार १२, २०७८ शनिबार ३:५१,

सर्वाेच्च अदालतबाट पुनर्बहाली भएका कर्णाली प्रदेशका ३ जना एमाले सांसदलाई फेरि निलम्बन गरिएको छ।

कर्णाली प्रदेश एमाले संसदीय दलको निर्णयअनुसार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महिनाका लागि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘एमाले संसदीय दलको निर्णयको पालना नगरेकोले एक महिनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्बित गरिएको भनी प्रदेश सभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोराको सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।’

गत वैशाख ३ गते फ्लोरक्रस गरेर माओवादीबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रकाश ज्वालासहित उनीहरूलाई एमाले (ओली समूह) ले प्रदेश सांसद पदबाट बर्खास्त गरेको थियो। तर यसविरुद्ध मुद्दा परेपछि सर्वोच्च अदालतले गत जेठ २७ गते त्यो निर्णय बदर गर्दै उनीहरूको पद पुनःस्थापनाको आदेश दिएको थियो।

अहिले निलम्बनमा परेका थापा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री, शाही भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुन्।

प्रकाश ज्वालालाई भने निलम्बन गरिएको छैन। उनी यही असार १ गते एमाले संसदीय दलको बैठकमा सहभागी हुनाका साथै प्रदेश सभा बैठकमा लाइनमा बसेका थिए।

karnali patra

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad