समाज


खोप नलगाएका नेपाली कामदार अब खाडी मुलुक जान नपाउने

खोप नलगाएका नेपाली कामदार अब खाडी मुलुक जान नपाउने

नेपालखबर
असार १२, २०७८ शनिबार ३:४०,

कोरोना भाइरसविरुद्धको खोप नलगाएका नेपाली कामदार अब रोजगारीको लागि खाडीका मुलुक जान नपाउने भएका छन्। खाडीका देशहरुले खोप लगाएका कामदारलाई मात्र आफ्नो देशमा रोजगारीको अवसर दिने जनाएपछि यस्तो अवस्था सिर्जना भएको हो।

अब खाडी देशमा काम गर्न जाने युवाका लागि सरकारले खोपको व्यवस्था गर्न नसके वैदेशिक रोजगारीको अवसर गुम्ने जोखिम बढेको त्यस क्षेत्रका जानकारहरुले बताएका छन्।

संयुक्त अरब इमिरेट्स (यूएई) ले गत वैशाख २३ देखि नै नेपालबाट कामदारसहितका यात्रुका लागि प्रवेश निषेध गरिसकेको छ। यूएईले उडानमा रोक लगाउँदा ५ हजार नयाँ कामदार र बिदामा घर आएका सयौँ कामदार नेपालमै रोकिएका वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए।

कोरोना संक्रमणविरुद्ध दिइने खोपमध्ये यूएईको स्वास्थ्य मन्त्रालयले फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म, अक्सफोर्ड–अस्ट्राजेनेकालाई मात्रै मान्यता दिएको छ । यी खोप लगाएकाले मात्रै यूएई प्रवेश गर्न पाउँछन्।

कोरोनाको संक्रमणको लहर देखिएलगत्तै कुवेतले नेपालबाट कामदार लगेको छैन । कुवेतले आगामी साउन १७ गतेदेखि खोप लगाइसकेको कामदार मात्रै लैजाने जनाएको छ।

रोजगारीका लागि कुवेत जान चाहने कामदारले त्यहाँको सरकारले अनुमोदन गरेको खोप लगाउनु पर्नेछ। कुवेतले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन एन्ड जोनसनको खोपलाई मात्रै अनुमति दिएको छ।

साउदी अरबले पनि एयरलाइन्स कम्पनीहरूलाई खोप नलगाएका यात्रुलाई नबोक्न निर्देशनात्मक आदेश जारी गरेको छ। साउदी प्रवेश गर्ने यात्रुले बोर्डिङ पास लिने बेला खोप लगाएको प्रमाणपत्रसमेत नियम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad