पाँचदलीय गठबन्धनले विभिन्न पेशाकर्मीसँग अन्तर्क्रिया थालेको छ।
संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, जसपाका वरिष्ठ नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी अध्यक्ष दुर्गा पौडेल सहभागी छन्।
देशमा विकसित राजनीति घटनाक्रमका बारेमा पाँच दलका शीर्ष नेतृत्वद्वारा विभिन्न संघ/ संस्थाका पेशाकर्मी तथा बुद्धिजीवीहरूसँग अन्तक्रिया गरिएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए।

प्रतिक्रिया