ad ad

राजनीति


राप्रपा (संयुक्त)को निष्कर्षः ओली सरकारले काम गर्न सकेन

राप्रपा (संयुक्त)को निष्कर्षः ओली सरकारले काम गर्न सकेन

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार १२:२१,

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले वर्तमान सरकारले मुलुकको विकास र प्रगतिका लागि केही काम पनि गर्न नसकेको दावी गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को हालै सम्पन्न पार्टी केन्द्रीय कार्य समितिको बैठकले सरकारले मुलुकको विकास र प्रगतिका लागि केही काम पनि गर्न नसकेको निष्कर्ष निकालेको हो।

पार्टी केन्द्रीय कार्य समितिको बैठकले गरेका निर्णय शुक्रबार काठमाडाैँमा सार्वजनिक गर्दैै अध्यक्ष पशुपति शमशेर राणाले केपी ओली नेतृत्वको बलियो सरकारले मुलुकको लागि केही पनि गर्न नसकेको निष्कर्ष पार्टी केन्द्रीय कार्य समितिले गरेको बताए। उनले सरकारले आफ्नो १८ महिनाको अवधिमा जनताको आशा र अपेक्षामाथि तुषारापात गरेको आरोप पनि लगाए।

‘वर्तमान परिस्थितिको सिंहावलोकन गर्दा हामी अत्यन्त दुःखित छौँ’, उनले भने, ‘अहिले मुलकमा भ्रष्टाचार व्याप्त छ, सरकारले गुुठी र मिडिया काउन्सिल विधेयकमार्फत धर्म, संस्कृति र प्रेसलाई नियन्त्रण गर्न खोजेको छ, यो ढंगबाट मुलुक चल्दैन।’

भ्रष्टाचार व्याप्त हुनु, वाईडबडी विमान काण्ड, बुढीगण्डकी जलविद्युत आयोजना ठेक्का प्रक्रियालगायतका सरकारको राष्ट्र विरोधी क्रियाकलाप मुलुकको हितमा नभएको सो पार्टीको दावी छ।

पार्टीले हिन्दु राष्ट्र कायमै गर्ने अडान पनि स्पष्ट पारेको छ। त्यसैगरी प्रजातन्त्रसहितको राजसंस्थाको पक्षमा पार्टी रहेको पनि अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताए।

अध्यक्ष लोहनीले ९२ प्रतिशत ओमकार समुदाय रहेको मुलुकमा हिन्दु राष्ट्र कायमै हुनुपर्ने तर्क गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .