राजनीति


किमले ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्तो पठाए

किमले ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्तो पठाए

नेपालखबर
भदौ ३०, २०७६ सोमबार १०:४३,

किमले पत्रमार्फत् ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्तो पठाएको द गार्जेनले जनाएको छ।

गत जुन महिनामा ट्रम्प र किमबीच दक्षिण र उत्तर कोरियाली सीमाक्षेत्रमा भेट भएको थियो।

ट्रम्पले सो क्रममा उत्तर कोरियाली भूमिमा पाइला चालेका थिए। ट्रम्प उत्तर कोरियाली भूमिमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति हुन्।

यदी ट्रम्प उत्तर कोरिया भ्रमणमा गए उनी नै उत्तर कोरिया भ्रमणमा जाने पहिलो राष्ट्रपति बन्नेछन्।

उत्तर कोरियामाथि अमेरिका लगातय अन्तर्राष्ट्रिय संस्थाहरुले प्रतिबन्ध लगाएको छ। उक्त प्रतिबन्ध हटाउन चेतावनी स्वरुप उत्तरले क्षेप्यास्त्र परिक्षण गर्दै आएको छ।

सन् २०१८ यता ट्रम्प र किमबीच २ पटक शिखर वैठक पनि भइसकेको छ। यद्यपी दुवैबीचको समस्या सुल्झन सकेको छैन।

किमले पत्र पठाएर अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध सुधार गर्न चाहेको विश्लेषण गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad