राजनीति


महरा प्रकरणमा देउवाले मुख खोलेः कारबाही गर्नुपर्नेलाई सरकारले नै संरक्षण गरेको आरोप

महरा प्रकरणमा देउवाले मुख खोलेः कारबाही गर्नुपर्नेलाई सरकारले नै संरक्षण गरेको आरोप

नेपालखबर
असोज १८, २०७६ शनिबार ८:१०,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई कारबाही नगरेकोमा सरकारप्रति रोष प्रकट  गरेका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका महरामाथि कारबाही गर्नुको साटो सरकार आफैँले संरक्षण गर्ने काम गरिरहेको दावी गर्दै आक्रोस व्यक्त गरेका हुन्। ‘महराजस्तो मान्छेलाई सबै जिम्मेवारीबाट नहटाएकोमा’ देउवाको आपत्ति छ।

दशैंको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले महरालाई तत्काल कारबाही गर्न माग गरे। ‘पीडित महिलालाई धम्क्याएर, तर्साएर मुद्दा हाल्न नदिने, सबै कुरा बाहिर आउँदा पनि त्यस्ता बदमासी गर्ने महरामाथि किन कारबाही नगरिएको हो?’ सरकारलाई प्रश्न गर्दै देउवाले भने, ‘त्यस्तो बदमासी गर्ने अनि उल्टै सो घटनाको तथ्य लेख्नेमाथि ज्यान मार्ने धम्की दिने काम भईरहेको छ, त्यस्ता मान्छेलाई बचाउन जे पनि गरिरहेका छन्।’

सभापति देउवाले सर्वसाधारणले दशैं समेत मनाउन नसक्ने गरी महंगी बढदा पनि सरकारले नियन्त्रण गर्न नसकेको दावी गरे।

कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले जनताको अपेक्षा अनुसार कुनै काम गर्न नसकेको दावी गरे। उनले महंगीले ‘अन्तरिक्ष’ छुन लाग्दा पनि दुई तिहाईको घमण्डमा रमाईरहेको वर्तमान सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम चाल्न नसकेको आरोप लगाए।

नेता सिंहले जनताले मुलुकमा सरकार भएको अनुभूति गर्न नसकेको पनि बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad