राजनीति


दसैंले सामाजिक सद्भाव बढाउने राष्ट्रपतिको विश्वास

दसैंले सामाजिक सद्भाव बढाउने राष्ट्रपतिको विश्वास

नेपालखबर
असोज २१, २०७६ मंगलबार ३:४९,

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको राष्ट्रिय चाड दसैंले समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय संकल्प पूरा गर्न सबैमा उत्साह, जोश र जाँगर थप्ने विश्वास व्यक्त गरेकी छन्।

आज मंगलबार विजयादशमीका अवसरमा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना दिँदै उक्त विश्वास प्रकट गरेकी हुन्।

बडादसैंले सबै नेपालीलाई आ–आफ्ना क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सदभाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास पनि उनले व्यक्त गरेकी छन्।

शुभकामना सन्देशमा उनले चाडपर्वको सम्वद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान एवं गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने बताएकी हुन्।

राष्ट्रपतिको सन्देशमा भनिएको छ- ‘हाम्रो मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका विभिन्न चाडपर्वहरूले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सुदृढ गर्नका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेका छन्।’

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .