ad ad

समाज


पाँचथरमा सुँगुरको मासु खाँदा २ कैदीको मृत्यु, २ जना सिकिस्त

पाँचथरमा सुँगुरको मासु खाँदा २ कैदीको मृत्यु, २ जना सिकिस्त

नेपालखबर
असोज २१, २०७६ मंगलबार ४:२१,

पाँचथर जिल्ला कागारमा सुँगुरको मासु खाँदा दुई कैदीको मृत्यु भएको छ भने दुई जना सिकिस्त बिरामी परेका छन्।
आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेका उनीहरूलाई सोमबार बिहान जिल्ला अस्पताल पाँचथर भर्ना गरिएको थियो। उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका-८, याङनामका २५ वर्षीय वुद्धि केरुङको मृत्यु भएका पाँचथर प्रहरीले जनाएको छ।

यस्तै बिरामी परेका अर्का एकजना जिल्लाको फिदिम नगरपालिका–१०, याङनामका अन्दाजी ३३-३४ वर्षका जयप्रकाश जवेगुको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ लाँदै गर्दा बाटोमै ज्यान गएको पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए। सोमबार राति १२ बजे उनको मृत्यु भएको न्यौपानेले जानकारी दिए।

यस्तै सुँगुर मासु खाएर कुम्मायक गाउँपालिकाका अन्दाजी २९÷३० वर्षका दिनेश खजुम र जिल्लाको साविक सिदिन गाविसका सुन्दर राई पनि बिरामी परेका छन्। उनीहरुको अवस्था पनि गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।

उनीहरूको बिएन्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दसैंका अवसरमा उनीहरूले आइतबार कारागारभित्रै सुँगुर ल्याएर काटेको र मासु खाएको प्रहरीको भनाइ छ।

सुरुमा झाडापखाला लागेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .