प्रतिनिधि सभा निर्वाचनमा नुवाकोट-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम तिमिल्सिना विजयी भएका छन्।
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतलाई ४ हजार १२ मतान्तरले पराजित गर्दै तिमिल्सिना विजयी भएका हुन्। उनले २२ हजार ६०१ मत प्राप्त गर्दा महतले १८ हजार ५९७ मत प्राप्त गरेका छन्।
त्यस्तै, तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का हितबहादुर तामाङले १३ हजार ३७७ मत पाएका छन् भने नेकपा (एमाले) का बद्री मैनालीले ८ हजार ९३२ मत प्राप्त गर्दै चौथो स्थानमा छन्।
उज्यालो नेपाल पार्टीका अमिक तामाङले २ हजार ६३ मत प्राप्त गर्दा राप्रपाका बिमल थापाले ७६७ मत प्राप्त गरेका छन्।
438
Shares

प्रतिक्रिया