राजनीति


जेनजी आन्दोलनको छानबिन सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा हुनुपर्ने एमालेको माग

ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी भएको ठहर
जेनजी आन्दोलनको छानबिन सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा हुनुपर्ने एमालेको माग

नेपालखबर
चैत १४, २०८२ शनिबार १२:३७, काठमाडौँ

नेकपा (एमाले)ले आफ्नो अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी भएको ठहर गर्दै तत्तकाल रिहाईको माग गरेको छ। ओलिको गिरफ्तारीपछि शनिबार बिहान पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो। 
एमालेले अध्यक्ष ओलिको गिरफ्तारीको विरोधमा भोलिदेखि देशब्यापी आन्दोलन गर्ने निर्णय पनि गरेको छ।

बैठकपछि सञ्चार मध्यमहरूलाई प्रतिक्रिया दिँदै महासचिव शंकर पोखरेलले पार्टी निकट भातृ संगठनहरूले भने आजैदेखि विरोध प्रदर्शन शुरू गर्ने पनि बताए । उनले आईतबार सबै जिल्ला समितिहरूले जिल्ला प्रशासन कार्यालयमार्फत ओलिको रिहाइका लागि सरकार समक्ष ज्ञापनपत्र बुझाउने बताए। 

पोखरेलले भने– आज विहान सूर्योदय नहुँदै हाम्रो पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारी पूर्णत प्रतिशोतपूर्ण, पूर्वाग्रही  र कानुनी शासनको मर्म विपरित छ। यो बैठकले तत्तकाल उहाँहरूको रिहाईको माग गर्ने निर्णय गरेको छ।' 

पोखरलेले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनाको छानविन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति आफ्नो पार्टीको शुरूदेखि नै असहमति रहेको उल्लेख गर्दै छानविनका लागि अर्को आयोग गठन हुनुपर्ने पनि बताए। ‘घट्नाको छानविनका लागि गठित आयोगप्रति हाम्रो पार्टीको शुरुदेखि नै असहमति र विरोध रहि आएको छ । उक्त आयोगप्रति सर्वोच्च अदालतले समेत गम्भिर प्रश्न उठाएको छ ,’ उनले भने, ‘तसर्थ उक्त घटनाको छानबिनका लागि सर्वोच्च अदालतको बहालवाला न्यायाधिशको अध्यक्षतामा छानविन आयोग गर्न माग गर्दछ।’ 


पोखरेलले आफ्नो पार्टी अध्यक्षको गिरफ्तारी नियोजित, निर्देशित र कानुनी राज्यको सिद्धान्त विपरित भएको पनि बताए। एमालेले ओलिको गिरफ्तारी विरुद्ध अन्य राजनीतिक दलहरूसँग परामर्श गरेर थप आन्दोलनका कार्यक्रम गर्ने पनि बताएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad