ad ad

राजनीति


घण्टी नहुँदा हलोलाई भोट!

रास्वपाका कारण आत्तिए गठबन्धन र एमाले
घण्टी नहुँदा हलोलाई भोट!

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १९:४१, पोखरा

आइतवार भएको निर्वाचनको प्रारम्भिक मतगणना परिणाम आइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीका उम्मेदवारले अग्रता र अनपेक्षित मत ल्याइरहेका छन्। 

नेकपा एमालेको पकेट क्षेत्र मानिएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपा अगाडि देखिएको छ।

यसअघि सहजै विजय हासिल गरेकी एमालेकी नेतृ विद्या भट्टराईलाई पछि पारेपछि  रास्वपाका माधवप्रसाद कँडेल चर्चामा छन्। 

कास्की क्षेत्र नम्बर ३ मा पनि रास्वपाका योगराज पौडेल ९०२७ मतसहित अगाडि छन्। त्यहाँ उनले एमालेका दामोदर बैरागी र सत्ताा गठबन्धनको तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराललाई पछि पारेका छन्। 

२ हजार ४५९ मत गणना हुँदाको अवस्थाले परिणाम आँकलन गर्न सकिँदैन। तर,  रास्वपाका उम्मेदवारले प्राप्त गरेको मतले प्रमुख प्रतिस्पर्धी मानिएका सत्ता गठबन्धन र एमालेलाई झस्काएको छ। आखिर रास्वपालाई भोट कसले दियो भन्ने बहस अहिले चलिरहेको छ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभातर्फ उम्मेदवारी दिएको छैन। प्रदेशको लागि दल दर्ता नै नगरेको रास्वपाका नेता लामिछानेले प्रदेशतर्फको मतपत्र नै खाली छाडे। 

अहिले देखिएको मत परिणाम कस्तो छ भने, जहाँ रास्वपाका उम्मेदवार छन्, त्यहाँ गठबन्धन र एमाले दुवै कमजोरजस्ता देखिएका छन्। 

तर, प्रारम्भिक परिणामले सत्ता गठबन्धन कसिलो नभएको ठाउँमा त्यो मत राप्रपालाई गएको देखिएको छ। 

कास्की क्षेत्र नम्बर २ ‘क’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले अग्रता कायम गर्नुलाई त्यसैको नतिजा मानिएको छ। 

हालसम्म गणना भएको २ हजार ८८७ मध्ये भण्डारीले १  हजार १९१ मत प्राप्त गरेका हुन्। युवा भण्डारी अगाडि हुँदा एमालेका भीम कार्की ७५४ मत ल्याएका छन्।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादीका विश्वप्रकाश लामिछानेले ४४८ मत ल्याएका छन्। उनलाई २९० मतसहित हाम्रो नेपाल पार्टीका चेतबहादुर महतले पच्छ्याएका छन्। 

कास्कीको यो क्षेत्र एमालेको पकेट क्षेत्र मानिन्छ। यो क्षेत्रबाट यसअघि एमालेका कृष्ण थापा  १५ हजार ३२९ मतले विजयी हुँदा कांग्रेसका गुरु बराल ८ हजार ३२५ मा खुम्चिएका थिए।

यो ठाउँमा एमालेका भीम कार्कीले सुरुबाटै अग्रता लिने एमालेको प्रक्षेपण थियो। तर, भइदिएन। यसो हुनुमा परिवर्तन खोजेकाहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मत दिएको सत्ता गठबन्धनको विश्वास छ। 

तर,शीर्ष नेतृत्व नै चुनावमा होमिएको क्षेत्रमा भने रास्वपा कमजोर देखिएको छ। 

त्यहाँ रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा गनिएको ८ सयमध्ये रास्वपाको पक्षमा ८० मात्र मत छ भने रामचन्द्रले ३३६ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .