राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभाबाट विजयको सुरुआती खाता खोलेको छ।
काठमाडौँ क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसी पाँच हजार पाँच सय ९८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए। उनका प्रतिस्पर्धी सानुकुमार श्रेष्ठले पाँच हजार ७९ मत प्राप्त गरेका छन्। केसीले एक हजार पाँच सय १५ मत अन्तरले विजयी भएका हुन्। प्रदेशसभा ‘२’ को पनि मतगणना भइरहेको छ।
प्रतिनिधिसभाको गणना जारी
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तादेवी पोखरेलले पाँच हजार ५१ मत ल्याएर तेस्रो स्थानमा छिन्। माओवादी केन्द्रका उम्मेदवार ओनसरी घर्तीले चार हजार नौ सय २९ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए।
कूल ५२ हजार नौ सय ५७ मत खसेको थियो। सो क्षेत्रमा कूल ८१ हजार नौ सय ७० मतदाता छन्। रासस
Shares
प्रतिक्रिया