ad ad

राजनीति


बागलुङमा कांग्रेसले लियो एमालेसँग ‘क्लिन स्विप’को बदला, चारवटै प्रदेश क्षेत्रमा विजयी

बागलुङमा कांग्रेसले लियो एमालेसँग ‘क्लिन स्विप’को बदला, चारवटै प्रदेश क्षेत्रमा विजयी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ९:१४, बागलुङ

बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्विप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्विप गरेको छ। बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर केसीलाई १ हजार ४ सय ७९ मतान्तरले हराएका हुन्। थापाले १३ हजार ८ सय ८४ मत ल्याएका छन् भने केसीले १२ हजार ४ सय ५ मत पाएका छन्। 

बागलुङ–१ (२) मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी भएका छन्। सुवेदीले एमालेका नवराज पौडेललाई ६ हजार ७५ मतान्तरले हराएका हुन्। सुवेदीले १३ हजार ३ सय २७ ल्याउँदा पौडेलले ७ हजार २ सय ५२ मत ल्याएका छन्। पौडेल स्थानीय तहको निर्वाचनमा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्। उनी कांग्रेस बागलुङको निवर्तमान सचिवसमेत थिए। 

बागलुङ–२ ९१० मा कांग्रेस बागलुङका अध्यक्ष जितबहादुर शेरचन विजयी भएका छन्। शेरचनले एमालेका साथ पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई ३ हजार १ सय  मतान्तरले हराएका हुन्। शेरचनले १५ हजार १ सय ८ मत ल्याउँदा घर्तीले १२ हजार ८ मत प्राप्त गरे। घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिवए।

बागलुङ–२ (२) मा कांग्रेसकै दोर्णकुमार कुँवर विजयी भएका छन्। कुँवरले एमालेका लक्ष्मण पुनलाई ३ हजार ७ सय ३७ मतान्तरले हराएका हुन्। कुँवरले १२ हजार ४ सय ८ मत ल्याउँदा पुनले ८ हजार ६ सय ७१ मत ल्याएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .