ad ad

राजनीति


प्रतिनिधिसभाको समानुपातिकतर्फ माओवादी केन्द्रले १ लाख मत कटायो

प्रतिनिधिसभाको समानुपातिकतर्फ माओवादी केन्द्रले  १ लाख मत कटायो

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १२:७, काठमाडौँ

माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ भर्खरै १ लाख मत कटाएको छ। 

निर्वाचन आयोगले केही बेर अघि सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि सभातर्फ अहिलेसम्म माओवादी केन्द्रले १ लाख ३६४ मत प्राप्त गरेको छ। 

प्रत्यक्ष तर्फ मतगणना चलिरहेका १७ क्षेत्रमा अग्रता कायम राखे पनि माओवादी केन्द्रले अहिलेसम्म एक सीट पनि जित्न सकेको छैन। 

पहिलोपटक निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले ३ क्षेत्रमा जीत दर्ता गरेको छ भने समानुपातिकमा पनि माओवादीले भन्दा धेरै मत प्राप्त गरेको छ।

समानुपातिक मतमा एमाले सबैभन्दा अगाडि छ। दोस्रोमा कांग्रेस र तेस्रो स्थानमा रास्वपाछ। 

प्रतिनिधिसभाको समानुपातिकमा कसले कति मत ल्याए?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२४१५९४

नेपाली काँग्रेस
२१८७०७

राष्ट्रिय स्वतन्त्र पार्टी
१११३९४

माओवादी केन्द्र
१००३६४

राष्ट्रिय प्रजातन्त्र पार्टी
५७२३६

जनता समाजवादी पार्टी, नेपाल
१८७४७

जनमत पार्टी
१७५६३

नेपाल मजदुर किसान पार्टी
१६४७७

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
१३२२४

नागरिक उन्मुक्ति पार्टी
११७३४

अन्य
५०००२

स्रोत : निर्वाचन आयोग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .