सिन्धुपाल्चोक क्षेत्र नम्बर २ (क) मा नेकपा माओवादी केन्द्रका युवराज दुलाल शरदले जित दोहोर्याएका छन्। अन्तिम मतपरिणाम अनुसार दुलाल दुलालले २० हजार ९०६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका अमान सिं तामाङले १२ हजार १ सय ३९ मत प्राप्त गरेका छन्।
उनीहरुबीचको मतान्तर ८ हजार ७६७ छ।
दुलाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हुन्। यसअघि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका दुलाल बागमती प्रदेशको सामाजिक विकास मन्त्री भएका थिए।
माओवादी अध्यक्ष प्रचण्डको अंगरक्षकका रुपमा काम गरेका दुलालले सिन्धुपाल्चोकमा शालिन युवा नेताको छवि बनाएका छन्।
87
Shares

प्रतिक्रिया