ad ad

राजनीति


बहालवाला यी मन्त्रीलाई प्रतिस्पर्धीले बनाए आच्छुआच्छु

बहालवाला यी मन्त्रीलाई प्रतिस्पर्धीले बनाए आच्छुआच्छु

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १८:३५, काठमाडौँ

सरकारका तीन जना मन्त्रीहरुलाई प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धीहरुले कडा टक्कर दिइरहेका छन्। 

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारहरुले कडा टक्कर दिइरहँदा मतगणनामा पनि अघिपछि हुने क्रम जारी छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई एमाले उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले कडा टक्कर दिइरहेका हुन्। 

पछिल्लो मत परिणामअनुसार सञ्चारमन्त्री कार्की र गृहमन्त्री खाँण प्रतिष्पर्धीहरुभन्दा पछि परेका छन् भने परराष्ट्रमन्त्री खड्का भिनो मतले अगाडि छन्। 

सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सञ्चारमन्त्री कार्की एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतभन्दा २९७ मतले पछि छन्। 

कुसियतले १३ हजार २०७ मत ल्याउँदा कार्कीको १२ हजार ९१२ मत छ। 

रुपन्देही–३ बाट उम्मेदवार रहेका गृहमन्त्री खाण राप्रपाका उम्मेदवार दीपक बोहराभन्दा २३१ मतले पछि छन्। 

उनले २१ हजार ५९१ मत ल्याउँदा एमालेको समर्थन रहेका बोहराको मत २१ हजार ८२२ पुगेको छ।  

उदयपुर–१ बाट प्रतिनिधिसभा सदस्य रहेका परराष्ट्रमन्त्री खड्का एमाले उम्मेदवार मञ्जुकुमारी चौधरी भन्दा २६९ मतले अगाडि छन्। 

खड्काले ८ हजार ४९५ र चौधरीले ८ हजार २२६ मत पाएकी छन्।

यी तीनै क्षेत्रमा कडा प्रतिस्पर्धा चलिरहेकाले अन्तिम परिणाम कसको पक्षमा जान्छ भन्न गाह्रो भएको छ।

रुपन्देही ३ मा खाणविरुद्ध राप्रपाका दीपक बोहोरा एमालेको सहयोगमा मैदानमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .