राजनीति


हुम्ला (क) मा माओवादीका रणसिंह परियार निर्वाचित

हुम्ला (क) मा माओवादीका रणसिंह परियार निर्वाचित

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार ११:२१, सुर्खेत

हुम्ला प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार निर्वाचित भएका छन् । 

प्रतिस्पर्धीलाई १ हजार ८५१ मतान्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। 

उनको प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाही थिए। परियार ६ हजार ४८१ मतसहित विजयी हुँदा शाहीले  ४ हजार ६३० मत प्राप्त गरे।
यस्तै  नेकपा एमालेका उम्मेदवार दल फडेराले  २ हजार ९९ मत प्राप्त गरे।  

पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएका परियार कर्णालीमा एक मात्र दलित सांसद बनेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .