राजनीति


रुपन्देही ३ को मतगणना अन्तिम चरणमा, हजार मतले पछि परे गृहमन्त्री

रुपन्देही ३ को मतगणना अन्तिम चरणमा, हजार मतले पछि परे गृहमन्त्री

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १८:१३, काठमाडौँ

रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाण पराजित हुने सम्भावना बढ्दै गएको छ।

जारी मतगणनाका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोराले मतान्तर बढाएर एक हजार ७३ बनाएका छन्। 

ताजा अवस्थमा बोहोराले २९ हजार ३१ मत ल्याएका छन्। उता पछ्याइरहेका खाणले २७ हजार ९५८ मत ल्याएका छन्। 

मतगणनाको सुरुदेखि नै यहाँ बोहोरा र खाणबीच कडा प्रतिस्प्रर्धा चलिरहेको छ। तर पछिल्लो समय नेकपा एमालेको पनि साथ लिएर मैदानमा रहेका बोहोराले खाणलाई निरन्तर पछि पारेका छन्। 

मतगणनामा उनीहरु अघि पछि परिरहेका बेला विवादका कारण बिहीबार राति केहीबेर मतगणना रोकिएको थियो। 

तर शुक्रबार बिहानबाट सुचारु हुँदा बोहोरा निरन्तर अगाडि लागेका हुन्। त्यहाँ अब १५ हाजर १२९ मत गन्न बाँकी रहेको छ।

यहाँ जम्मा एक लाख ३२ हजार सात सय ९१ मतदाता थिए। जहाँ एक सय ४८ मतदान केन्द्रबाट ९२ हजार ९७२ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .