ad ad

राजनीति


निर्वाचन आयोगको निर्देशनपछि रुपन्देही २ मा मतगणना

निर्वाचन आयोगको निर्देशनपछि रुपन्देही २ मा मतगणना

सुदीप भण्डारी
मंसिर ९, २०७९ शुक्रबार २१:५, बुटवल

बिहानैबाट रोकिएको रुपन्देही क्षेत्र नम्बर २ को मतगणना साँझबाट सुरु भएको छ। निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि निर्वाचन अधिकृतको कार्यालयले गणना अघि बढाएको हो।

गणनामा एमाले बाहेक अन्य दलका प्रतिनिधि उपस्थित छैनन्। 

मुचुल्कामा उल्लेख गरिएको मतपत्रको संख्या भन्दा मतपेटीकामा बढी मत फेला परेपछि गठबन्धन दल र राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गरेका थिए।

उनीहरुले पुनः मतदानको माग गर्दै दिनभरी दिनभरी मतगणनास्थल बाहिर नाराबाजी गरेका थिए। 

पटक पटक सर्वदलीय बैठकका लागि सूचना गर्दा पनि ती दलहरु उपस्थित नभएपछि मतगणना नियमितरुपमा सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गणना सुरु भएपछि आएको पछिल्लो परिणाम अनुसार एमालेका उपाध्यक्ष विष्णु पौडेल १ हजार ७५ मतले अघि छन्। विष्णुले २५ हजार ९६४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलको २४ हजार ८८९ मत आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .