ad ad

राजनीति


समानुपातिकको सातौं स्थानमा कलम, प्रतिस्पर्धामा घण्टी र हंसिया हतौडा (मतसहित)

एमाले पहिलो, कांग्रेस पछ्याउँदै
समानुपातिकको सातौं स्थानमा कलम, प्रतिस्पर्धामा घण्टी र हंसिया हतौडा (मतसहित)

नेपालखबर
मंसिर १०, २०७९ शनिबार ५:१९, काठमाडौँ

मंसिर ४ मा सम्पन्न निर्वाचनको मतगणना जारी छ। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणनाको परिणामसँगसँगै निर्वाचन आयोगले समानुपातिकतर्फको पनि मतपरिणाम अद्यावधीक गर्दै आएको छ।

आयोगले शनिबार बिहान आफ्नो वेवसाइटमा अद्यावधीक गरेको मतपरिणाम अनुसार सूर्य चिन्हवहाक नेकपा एमाले सबैभन्दा अगाडि छ। उसले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ।

एमालेलाई रुख चिन्हवहाक नेपाली कांग्रेसले पछ्याइरहेको छ। कांग्रेसले १६ लाख ३२ हजार ६६४ मत प्राप्त गरेको तथ्यांक आयोगले अद्यावधीक गरेको छ। 

घण्टी चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टी ७ लाख ४५ हजार ५६१ मतसहित तेस्रो स्थानमा छ। हसिया हतौडा चिन्हसहित चुनावी मैदानमा उत्रिएको नेकपा माओवादी केन्द्र ७ लाख १९ हजार ३७२ मत पाएको छ।

यस्तै हलो चुनाव चिन्ह लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा ३ लाख ७८ हजार २३३ मत ल्याएको छ। 

आयोगका अनुसार छाता चुनाव चिन्ह भएको जनता समाजवादी पार्टी (जसपा) २ लाख ४ हजार ७२४ मतले छैटौं स्थानमा हुँदा नेकपा एकीकृत समाजवादीले १ लाख ४८ हजार २१७ मत पाएको छ।

कैलालीको पूर्व क्षेत्रका तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कब्जा जमाएको ढकिया चिन्ह भएको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ झण्डै १ लाख ३३ हजार ५०४ मत प्राप्त गरेको छ। 

मधेस केन्द्रीय राजनीति गरिरहेको हर्न चुनाव चिन्ह भएको जनमत पार्टीले १ लाख ३१ हजार ७४१ मत प्राप्त गरेको छ। 

यसबाहेक अन्य दलहरुले प्रतिनिधिसभा समानुपातिकतर्फ एक लाख मत कटाउन सकेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .