राजनीति


राष्ट्रिय पार्टी बन्न एकीकृत समाजवादीलाई अब एक लाख मत आवश्यक

राष्ट्रिय पार्टी बन्न एकीकृत समाजवादीलाई अब एक लाख मत आवश्यक

नेपालखबर
मंसिर १० , काठमाडौँ

प्रत्यक्षतर्फ १० सिट जितिसकेको नेकपा एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न अब मात्र ९७ हजार मत आवश्यक देखिएको छ।

यसपटकको समानुपातिकमा १ करोड बढी मत खसेको छ। अहिलेसम्म एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीले समानुपातिकमा क्रमशः पहिलोदेखि छैटौ स्थान लिएका छन्। 

शीर्ष पाँच पार्टीले थ्रेसहोल्ड कटाइसकेका छन्। 

समाजवादी सातौँ स्थानमा छ। समानुपातिक तर्फको मतगणना जारी रहँदा सो पार्टी पनि राष्ट्रिय दल बन्ने सम्भावना देखिन्छ। 

एकीकृत समाजवादीले हालसम्म दुई लाख मत पाइसकेको छ। प्रदेश नम्बर १, मधेश, कर्णाली र सुदूरपश्चिम लगायत सबै प्रदेशमा अझै मतगणना जारी रहेकोले समाजवादी राष्ट्रिय पार्टी बन्ने देखिन्छ। 

अब सो पार्टीले जम्मा ९७ हजार मत ल्याए थ्रेस होल्ड पार गर्न सक्छ।

निर्वाचन कानुन अनुसार राष्ट्रिय पार्टी बन्न कुनै पनि पार्टीले प्रत्यक्षमा एक सिट जितेर समानुपातिकमा सदर मतको ३ प्रतिशत ल्याउनुपर्छ।

अहिले रामेछाप, सुनसरीका चार वटा क्षेत्र, इलाम १ र २, महोत्तरी १ लगायतका क्षेत्रमा मतगणना जारी छ र, अन्तिम परिणाम आइसकेको छैन। 

यसबाहेक बाजुरामा चुनाव हुन बाँकी छ। स्याङ्जा र दोलखामा मतगणना नै भएको छैन। 

मंसिर १०, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.