गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म प्रतिनिधिसभातर्फ १५८ क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ। प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये अब ७ क्षेत्रको नतिजा आउन बाँकी छ।
यसमध्ये ३ वटा क्षेत्रको मतगणना स्थगित भएको छ। दोलखा, स्याङ्जा–२ र बाजुराको मतगणना रोकिएको थियो। दोलखामा भने पुनः मतदान हुने भएको छ। स्याङ्जा–२ र बाजुराको मतगणनाबारे आयोगले औपचारिक निर्णय गरिसकेको छैन।
बाँकी रहेका ४ निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ।
सुनसरी–३ र धनुषा ४ मा मतगणना जारी छ भने अन्य २ क्षेत्रको मतगणना रोकिएको छ। सुनरी–४ र उदयपुर–१ मा मतगणना रोकिएको हो।
यहाँ सोमबार बिहान १० बजेबाट मतगणना सुरु गर्ने बताइएको छ। उता, उदयपुर–१ मा पनि आइतबार बिहान साढे १० बजेदेखि मतगणना रोकिएको थियो। उदयपुरका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीका अनुसार निर्वाचन आयोगमा त्यहाँको बारेमा सबै जानकारी गराइएको छ। आयोगको निर्णय अनुसार आफूहरुले मतगणना सुरु गर्ने उनले बताए। उदयपुर–१ परराष्ट्रमन्त्री समेत रहेका डा. नारायण खड्काको क्षेत्र हो।
सुनसरी–३ संचारमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीको क्षेत्र हो। यहाँ मतगणनामा विवाद भएपछि मन्त्री कार्कीले पुनः मतगणना गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन्।
Shares
प्रतिक्रिया