राजनीति


अब कति गन्न बाँकी छ समानुपातिक मत?

अब कति गन्न बाँकी छ समानुपातिक मत?

नेपालखबर
मंसिर १२, २०७९ सोमबार १३:१०, काठमाडौँ

सोमबार दिउँसो १ बजेसम्म निर्वाचन आयोगको तथ्यांकमा प्रतिनिधिसभा समानुपातिकतर्फ ९३ लाख २१ हजार ५ सय ५३ मत गणना भइसकेको छ। आयोगका अनुसार कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेकामा ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७० हजार मत खसेको छ। अहिलेसम्मको आकलनअनुसार ३ लाख मत बदर भएको छ। जसअनसार कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ।  

अब कूल सदर मत १ करोड ६ लाख ७० हजारबाट गनिसकिएको मत ९३ लाख २१ हजार ५ सय ५३ घटाउँदा १३ लाख ४८ हजार ४ सय ४७ हुन्छ। अर्थात् अब गन्न बाँकी मत यही संख्याको आसपास छ। 

यतिबेलासम्म समानुपातिकमा पहिलो स्थानमा रहेको नेकपा एमालेले २५ लाख ३८ हजार ३ सय ४१ मत ल्याएको छ भने दोस्रो नम्बरमा रहेको नेपाली कांग्रेसले २४ लाख २ हजार ९ सय ८८ मत पाएको छ। 

आयोगको तथ्यांकअनुसार नेकपा माओवादी केन्द्रले १० लाख ६६ हजार ६ सय ४१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६४ हजार २ सय ५२ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ९ सय ३३ समानुपातिक मत प्राप्त गरेका छन्। 

यसैगरी जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म ३ लाख २७ हजार ९ सय १० मत पाएको छ। अर्थात् उल्लिखित ६ दल राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ। 

जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पनि थ्रेसहोल्ड कटाउन संघर्षरत छन्।

अहिलेसम्म जनमतले २ लाख ६४ हजार ४२ र एकीकृत समाजवादीले २ लाख ५२ हजार ६ सय ९८ समानुपातिक मत ल्याएका छन्। 

थ्रेसहोल्ड कटाउन मत ३ लाख २० हजार नाघ्नुपर्छ। 

प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिक कूल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउने दलले राष्ट्रिय दलको मान्यता पाउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .