ad ad

राजनीति


प्रदेश १ मा एमाले र गठबन्धनको हैसियत उस्तै, कसले बनाउला सरकार?

प्रदेश १ मा एमाले र गठबन्धनको हैसियत उस्तै, कसले बनाउला सरकार?

फाइल तस्बिर


ध्रुव भट्टराई
मंसिर १२, २०७९ सोमबार १३:११, विराटनगर

प्रदेश १ सरकार गठनका लागि एमाले बलियो अबस्थामा देखिएको छ। सत्ता गठबन्धनलाई उछिन्दै  एमाले ठूलो दल बनेको छ।

एमालेले अहिलेसम्म  एक्लै २४ सिट ल्याएको छ। एक स्थानमा अग्रता कायम गरेको छ।

प्रदेशतर्फको ५६ सिट मध्ये हालसम्म सार्वजनिक मतपरिणाममा सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रत्यक्षतर्फ २३ सिट प्राप्त गरेका छन्।

अहिले गठबन्धनले ६ स्थानमा अग्रता कायम गरेको छ। यदि बाँकी स्थानमा पनि गठबन्धनले जिते प्रत्यक्षतर्फको सिट संख्या जम्मा २९ मात्रै पुग्ने छ। 

जबकी गठबन्धनलाई सरकार बनाउन थप २८ सिट आवश्यक गर्ने देखिन्छ। यो सिट संख्याका लागि समानुपातिकतर्फको मतमा गठबन्धन अगाडि देखिनुपर्ने छ। 

यदि एमालेको नेतृत्वमा सरकार गठनका लागि उसले प्रत्यक्षतर्फ २५ सिट जितेमा समानुपातिक तर्फ थप २२ सिट आवश्यक पर्छ।

प्रदेशतर्फ कुल ९३ सिट संख्यामा ३७ समानुपातिक र बाँकी प्रत्यक्ष तर्फ ५६ सिट संख्या छ।

प्रत्यक्षतर्फ सबै भन्दा बढी निर्वाचन क्षेत्र  जितेर ठूलो दल बनेको एमाले समानुपातिकतर्फ पनि आगाडि छ।

प्रदेश १ मा समानुपातिकतर्फ कुल १६ लाख ५१ हजार ९१७ मतमध्ये हालसम्म एमालेले ५ लाख ७५ हजार ३८४ प्राप्त गरेको छ।

२०७४ मा एमालेले ६ लाख ७३ हजार मत प्राप्त गरेको थयो। त्यसैगरि काग्रेसले अहिले ४ लाख ८५ हजार ७६५, राप्रपाले १ लाख ७७ हजार,  नेकपा माओवादी केन्द्रले १ लाख ६१ हजार ९८१, जसपाले ५४ हजार र एकीकृत समाजवादीले ५० हजार २ सय ल्याएको छ ।

एमालेले समानुपातिकतर्फ अहिलेको अवस्थामा १४ सिट पाउँछ। प्रत्यक्ष र समानुपातिक जोड्दा एमालेको कुल सिट ३९ सिट हुनेछ।

ऊसँग सरकार गठनका लागि ९ सिटमात्रै अपुग छ। प्रत्यक्ष र समानुपातिकतर्फको मत गणना जारी रहेकाले थप सिट संख्या एमालेले बढाउने सम्भावना छ।

एमालेसँग चुनावी तालमेल गरेको राप्रपाले प्रत्यक्ष २ सिट र समानुपातिक ४ गरी कुल ६ सिट जितेको छ।

सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेत गरेको जनता समाजवादी पार्टीले प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकतर्फ एक सिट पक्का गरेको छ।

यदि एमालेलाई ती दुई दलको साथ मिलेमा ४६ सिट पुग्ने देखिएको छ। समानुपातिक र प्रत्यक्षको मतगणना जारी रहेकोमा एमालेलाई थप एक सिट प्राप्त हुने अवस्था छ।

यस्तो भएमा एमालेको नेतृत्वमा प्रदेशमा सरकार गठनको सम्भावना उच्च देखिन्छ। तर राप्रपा र जसपाको एमालेले साथ नपाएको अवस्थामा सरकारको नेतृत्व गर्ने योजनामा ब्रेक लाग्ने छ।

यता गठबन्धनका दलहरुको अवस्था पनि सरकार गठनका लागि बलियो देखिन्छ। कांग्रेसले अहिलेसम्म प्रत्यक्षतर्फ १४ र समानुपातिक १२ गरी कुल २६ सिट संख्या ल्याउने देखिएको छ।

त्यसैगरी माओवादी केन्द्रले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ४ गरी ११, एकीकृत समाजवादी पार्टीले प्रत्यक्षतर्फ २ समानुपातिक तर्फ एक गरी कुल ३ सिट ल्याउने देखिएको छ।

यसो गर्दा गठबन्धनभित्र सिटसंख्या ४० पुग्छ। यसलाई सरकार गठनका लागि थप ७ सिट आवश्यक छ।

मतगणना भइरहेका स्थानमा कांग्रेस तीन, माओवादी दुई र समाजवादी एक स्थानमा अगाडि छन्। 

यदि त्यो परिणाम पनि गठबन्धनका उम्मेदवारलाई गएमा सरकार निर्माणका लागि कुल ४६ सिट पुग्ने छ।

गठबन्धनलाई सरकार गठनका लागि प्रयाप्त सिट संख्या एक अपुग हुने अवस्थामा देखिन्छ। समानुपातिकतर्फको मत जोडिँदा गठकन्ध पनि सरकार बनाउन एमालेकै हैसियतामा पुग्नेछ।

प्रदेश १ सरकार बनाउन ४७ सिट संख्या आवश्यक पर्छ। प्रदेशसभामा कुल ९३ सिट संख्या छ। प्रदेशमा यसअघि एमाले मुख्य प्रतिपक्ष दल थियो। 

एमाले यसअघि पनि प्रदेश सभामा ४० सिटसहित ठूलो दल थियो। तत्कालीन समयमा ५१ मध्ये १० सांसदले पार्टी छाडेपछि एमाले प्रदेशसभाको सबैभन्दा ठूलो दल कायम त रह्यो तर सरकार गुमायो। 

०७४ सालको निर्वाचनमा प्रदेश नम्बर १ मा प्रत्यक्षतर्फ कुल ५६ मध्ये ३६ सिट जितेको एमालेले समानुपातिकमा १५ सिट पाएर ५१ सिटसहित एकल बहुमत पाएको थियो।

एमालेको यो निर्वाचनमा गएको सिट संख्या भने गुमाएको अवस्था छ। कांग्रेस गएको निर्वाचनमा प्रत्यक्ष ८ र समानुपातिक १३ सहित २१ सिट पाएर दोस्रो भएको थियो।

अघिल्लो निर्वाचनमा माओवादीले प्रत्यक्ष १० र समानुपातिक ५ सहित १५ सिट पाएको थियो।

यो पटक माओवादीको विगतकै सिट संख्या पुग्ने देखिएको छ। जारी मतगणनामा उदयपुर १ को १ तर्फ माओवादी केन्द्रले अग्रता कायम राखेका छन्।

अघिल्लो निर्वाचनमा प्रत्यक्षमा एक सिट जितेको संघीय समाजवादी फोरमले समानुपातिकमा २ सिटसहित ३ सिट पाएर १ नम्बर प्रदेशको चौथो पार्टी बनेको थियो।  

९३ सिट संख्या रहेको प्रदेश १ सभामा एमाले विभाजनपछि एमालेले बहुमत गुमाउँदै सरकार ढकेको थियो। 

त्यसपछि नेकपा एकीकृत समाजबादीको नेतृत्वमा गठबन्धनको सरकार प्रदेश १ मा बनेको थियो।

अघिल्लो सरकार जस्तै गठबन्धनको सरकार बनेको प्रदेश १ को सरकारको नेतृत्व मुख्यत: कांग्रेसको दाबी रहने देखिन्छ। 

यससँगै माओवादी र एकीकृत समाजवादीले पनि सरकारको दाबी गर्दै आएको छ।प्रदेशतर्फको ५६ सिटमध्ये कांग्रेसले प्रदेशसभामा २६ जना उम्मेदवार उठाएकोमा १४ जना विजयी भए।

१९ सिट भाग पाएको माओवादी ९ क्षेत्रमा विजयी भयो। ११ क्षेत्रमा उम्मेदवार उठाएको नेकपा एसले दुई ठाउँ जित्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .