ad ad

राजनीति


उदयपुर १ को मतगणना अघि बढाउन निर्वाचन आयोगको निर्देशन

उदयपुर १ को मतगणना अघि बढाउन निर्वाचन आयोगको निर्देशन

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०७९ सोमबार १७:३६, काठमाडौँ

निर्वाचन आयोगले उदयपुर क्षेत्र नम्बर १ मा स्थगित मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको छ। 

मतगणनापूर्व भएको सहमतिका आधारमा गणनालाई निरन्तरता दिन आयोगले मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो।

उदयपुर–१ मा आइतबार बिहान साढे १० बजेदेखि मतगणना रोकिएको थियो। 

उदयपुरका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीका अनुसार निर्वाचन आयोगमा त्यहाँबारे सबै जानकारी गराइएको थियो। 

मुख्य निर्वाचन आयुक्तको कार्यालयले आयोगको निर्देशनअनुसार मतगणना सुरु गर्न लागिएको बताए। 

उदयपुर–१ परराष्ट्रमन्त्री समेत रहेका डा. नारायण खड्काको क्षेत्र हो। यहाँ उनलाई नेकपा एमालेकी मञ्जु चौधरीले चुनौती दिएकी छन्।

मतगणना रोकिँदासम्म त्यहाँ २१ हजार ८३३ मतसहित खड्का अगाडि छन्। दोस्रोमा रहेकी चौधरीले २० हजार १२० मत ल्याएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .