ad ad

राजनीति


प्रतिनिधिसभा निर्वाचन : मधेशमा माओवादी शून्य हुँदा एमालेले जित्यो सर्वाधिक ९ सिट

मधेशवादी दलले कहाँ कहाँ जिते?
प्रतिनिधिसभा निर्वाचन : मधेशमा माओवादी शून्य हुँदा एमालेले जित्यो सर्वाधिक ९ सिट

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १०:५, सर्लाही

प्रतिनिधिसभातर्फ मधेश प्रदेशका ३२ क्षेत्रमध्ये यसपटकको निर्वाचनमा नेकपा एमालेले सबैभन्दा धेरै ९ सिट जितेको छ।

एमालेले सबैभन्दा धेरै निर्वाचन क्षेत्र जित्दा अर्को वामपन्थी घटक माओवादी केन्द्र भने मधेशमा शून्य भएको छ। अर्थात् मधेशका ३२ क्षेत्रमध्ये माओवादी केन्द्र एउटामा पनि विजयी भएन। 

०७४ को निर्वाचनमा मधेशमा सबैभन्दा धेरै क्षेत्र जितेका मधेशवादी दल पनि यो निर्वाचनमा कमजोर देखिएका छन्। 

कांग्रेस उम्मेदवारले ७ क्षेत्र जित्दा जनता समाजवादी पार्टी (जसपा) ले ६ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३ क्षेत्रमा जित हासिल गरेका छन्। 

मधेशमा स्वतन्त्र उम्मेदवार तीन जना प्रतिनिधिसभामा विजयी हुँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार २ क्षेत्रमा विजयी भएका छन्।

पहिलोपटक निर्वाचनमा भाग लिएको जनमत पार्टीले एउटा निर्वाचन क्षेत्रमा जित्दा माओवादीको चुनाव चिह्नमा निर्वाचन लडेको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले एउटा क्षेत्रमा जितेको छ। 

एमाले उम्मेदवार पर्सा ३, बारा १ र ३, सर्लाही ३, महोत्तरी १, धनुषा ३ र ४, सिरहा १ र ३ नम्बर क्षेत्रमा विजयी भएका छन्। 

पर्सा ३ मा एमालेका राजकुमार गुप्ता, बारा १ मा अच्युतप्रसाद मैनाली, बारा ३ मा ज्वालाकुमारी साह, सर्लाही ३ मा हरिप्रसाद उप्रेती, महोत्तरी १ मा लक्ष्मी महतो कोइरी, धनुषा ३ मा जुलीकुमारी महतो, धनुषा ४ मा रघुवीर महासेठ, सिरहा १ मा रामशंकर यादव र सिरहा ३ मा लीलानाथ श्रेष्ठ विजयी भएका छन्। 

त्यसैगरी पर्सा २ मा कांग्रेसका अजयकुमार चौरसिया, पर्सा ४ मा रमेश रिजाल, रौतहट ४ मा देवप्रसाद तिमलसेना, महोत्तरी ४ मा महेन्द्रकुमार राय, धनुषा २ मा रामकृष्ण यादव, सप्तरी ३ मा दिनेशकुमार यादव, र सप्तरी ४ मा तेजुलाल चौधरी विजयी भएका छन्। 

पर्सा १ मा जसपाका प्रदीप यादव, बारा २ मा रामसहायक प्रसाद यादव, धनुषा १ मा दीपक कार्की, सिरहा २ मा राजकिशोर यादव, सिरहा ४ मा वीरेन्द्र प्रसाद महतो र सप्तरी १ मा नवलकिशोर साह सुडी विजयी भएका छन्। 

लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट विजयी हुँदा सो पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी महोत्तरी २ र जसपाका अर्का नेता रामप्रकाश चौधरी सर्लाही १ बाट विजयी भएका छन्। 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट १ बाट विजयी हुँदा सोही पार्टीका कृष्णकुमार श्रेष्ठ बारा ४ बाट विजयी भएका छन्। 

मधेशका ३ वटा निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। 

रौतहट ३ मा प्रभु साह, रौतहट २ मा किरणकुमार साह र सर्लाही ४ मा अमरेशकुमार सिंहले स्वतन्त्रबाट निर्वाचन जितेका हुन्। 

माओवादी केन्द्रको निर्वाचन चिह्नबाट चुनवा लडेको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादवले सर्लाही २ मा निर्वाचन जित्दा जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी २ बाट विजयी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .