ad ad

राजनीति


निर्वाचनमा ज्यान गुमाउनेका परिवारलाई राज्यले हेर्छ : गृहमन्त्री

निर्वाचनमा ज्यान गुमाउनेका परिवारलाई राज्यले हेर्छ : गृहमन्त्री

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १७:४९, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले मंसिर ४ को निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै धन्यवाद दिएका छन्। 

गृहमन्त्रालयमा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

रुपन्देही ३ मा आफैं पराजित भए पनि उनले नेपाली दाजुभाइ दिदीबहिनीको योगदानले निर्वानचन अभूतपूर्व सफल भएको बताए। 

'नेपाली दाजुभाइ दिदीबहिनीको अपूर्व योगदानले यो निर्वाचन सकिएको छ। म केन्द्रीय सुरक्षा समितिको बैठकबाट धन्यवाद दिन्छु', उनले भने, 'यो निर्वाचनले संविधानलाई बल पुर्‍याएको छ। आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो। निर्वाचनमा भूमिका निर्वाह गर्नेहरुलाई धन्यवाद!'

उनले निर्वाचनका क्रममा केही नागरिकको ज्यान गएको बताउँदै तिनका परिवारको भरणपोषण राज्यले गर्ने उल्लेख गरे। 

'निर्वाचनमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु। उनीहरुका परिवारका सदस्यको भरणपोषणको ग्यारेन्टी राज्यले गर्छ', उनले भने, 'हामी अहिलेका कमीकमजोरी सच्याएर जानेछौँ।'

मंसिर ४ को निर्वाचनका क्रममा बाजुरामा दुईजना युवाले ज्यान गुमाएका थिए। एकजनाको मतदान केन्द्रमै गोली लागेर ज्यान गएको थियो।

अर्का युवा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताले घरबाट निकालेर हत्या गरेको आरोप लागेको छ। यो प्रकरणमा कांग्रेसबाट निर्वाचित एक वडाध्यक्षसहित तीनजना पक्राउ परेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .