ad ad

राजनीति


प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एमालेभन्दा १३ सिटले अघि कांग्रेस समानुपातिकमा कति मतले पछि?

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एमालेभन्दा १३ सिटले अघि कांग्रेस समानुपातिकमा कति मतले पछि?

नेपालखबर
मंसिर १८, २०७९ आइतबार १०:२३, काठमाडौँ

प्रतिनिधिसभा १६५ क्षेत्रमध्ये १६४ को नतिजा आइसक्दा सबैभन्दा धेरै ५७ सिट जितेर नेपाली कांग्रेस पहिलो भएको छ। नेकपा एमालेभन्दा १३ सिटले अगाडि रहेको कांग्रेस समानुपातिकतर्फ भने एमालेभन्दा निकै मतले पछि परेको छ। 

प्रत्यक्षतर्फ अहिलेसम्म ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ भने कांग्रेसलाई पनि उछिनेर सबैभन्दा धेरै मत ल्याएको हो।

यो खबर तयार पार्दासम्म एमालेले २७ लाख ८८ हजार ३ सय ५६ मत प्राप्त गरेको छ भने दोस्रोमा रहेको कांग्रेसले अहिलेसम्म २६ लाख ६० हजार २ सय ४६ मत ल्याएको छ। अर्थात् प्रत्यक्षमा एमालेले भन्दा १३ सिट बढी ल्याएको कांग्रेस समानुपातिकमा ऊभन्दा १ लाख २८ हजार ११० मतले पछि छ। 

समानुपातिकतर्फ अहिलेसम्म ७ दलले मात्र थ्रेसहोल्ड (कूल सदर मतको ३ प्रतिशत) कटाएका छन्। प्रत्यक्षतर्फ पनि सिट जितेका एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले समानुपातिकमा थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय दलको मान्यता पाएका छन्। बाँकी दलले भने अहिलेसम्म थ्रेसहोल्ड कटाउन सकेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .