ad ad

राजनीति


मुस्किल पर्‍यो एकीकृत समाजवादीलाई थ्रेसहोल्ड कटाउन

मुस्किल पर्‍यो एकीकृत समाजवादीलाई थ्रेसहोल्ड कटाउन

नेपालखबर
मंसिर १८, २०७९ आइतबार १९:३, काठमाडौँ

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ १० सिट जिते पनि सत्तारुढ नेकपा एकीकृत समाजवादीलाई समानुपातिकतर्फ भने थ्रेसहोल्ड कटाउन मुस्किल परिरहेको छ। 

बाजुरा र दोलखाको मात्र समानुपातिक मत गन्न बाँकी हुँदा पनि एकीकृत समाजवादीले प्राप्त मतको संख्या ३ लाख पनि पुर्‍याउन सकेको छैन। थ्रेसहोल्ड कटाउन ३ लाख १७ देखि १८ हजारसम्म मत ल्याउनुपर्ने अहिलेसम्मको गणनाले देखाएको निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। 

यो खबर तयार पार्दासम्म एकीकृत समाजवादीले समानुपातिकतर्फ २ लाख ९४ हजार ३ सय ६२ मत मात्र प्राप्त गरेको छ। थ्रेसहोल्ड पार गर्न उसलाई अझै २३ देखि २४ हजार मत आउनुपर्ने देखिन्छ। 

आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार समानुपातिकतर्फ अब दोलखाको ८० हजारभन्दा केही बढी र बाजुराको ६५ देखि ७० हजारसम्म मत गणना गर्न बाँकी होला। अर्थात् डेढ लाख आसपास मत गन्न बाँकी देखिन्छ। 

तर यो मत सबै दललाई बाँडिएर जाने भएकाले यसबाट एकीकृत समाजवादीले मात्रै २३–२४ हजार मत पाउन मुस्किल देखिन्छ। 
आयोगका सहायक प्रवक्ता अर्यालले पनि मत गणनाको अवस्था अहिलेकै अनुपातमा कायम रहे थप दलले थ्रेसहोल्ड कटाउने सम्भावना एकदम कम रहेको बताए।  

अहिलेसम्म सात दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मात्र थ्रेसहोल्ड पार गरेका छन्। प्रत्यक्षतर्फ पनि सिट जितेका यी पार्टी राष्ट्रिय दल बनेका छन्। राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकमा थ्रेसहोल्ड अर्थात् कूल सदर मतको ३ प्रतिशत मत कटाउनुपर्छ। 

तर प्रत्यक्षतर्फ आफूभन्दा कम ७ सिट मात्र जितेका जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र होइन, एक सिटमा मात्र विजयी भएको जनमत पार्टीले राष्ट्रिय दल बन्दा एकीकृत समाजवादी भने यसबाट वञ्चित हुने जोखिम बढेको छ। 

अहिलेसम्म कुन दलले कति समानुपातिक मत ल्याए? हेर्नुहोस् ताजा सूची :

नेकपा एमाले 
२७,८८,३५६

नेपाली कांग्रेस
२६,६०,२४६

एकल चिह्न गोलाकारभित्र हँसिया–हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
११,६२,१२४

राष्ट्रिय स्वतन्त्र पार्टी
११,२४,५४३

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,६३८

जनता समाजवादी पार्टी, नेपाल
४,२०,९४६

जनमत पार्टी
३,९४,५२३

नेकपा एकीकृत समाजवादी
२,९४,३६२

नागरिक उन्मुक्ति पार्टी
२,७१,६६२

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२८१

नेपाल मजदुर किसान पार्टी
७५,०५७

हाम्रो नेपाली पार्टी
५५,६१८

मंगोल नेसनल अर्गनाइजेसन
४८,८१८

राष्ट्रिय जनमोर्चा
४६,३८२

नेपाल संघीय समाजवादी पार्टी
४१,८०७

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
३०,४१९

राष्ट्रिय जनमुक्ति पार्टी
२३,९२८

जनता प्रगतिशिल पार्टी, नेपाल
१८,०४८

एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी)
१७,८६४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,७९७

बहुजन एकता पार्टी नेपाल
१७,०६५

नेपाली कांग्रेस (बीपी)
१२,४७८

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२,२७०

नेपाली जनता दल
९,९७६

बहुजन शक्ति पार्टी
९,४३५

नेपालका लागि नेपाली पार्टी
८,४०१

नेपाल कम्युनिस्ट पार्टी
७,९९७

नेपाल लोकतान्त्रिक पार्टी
७,६९२

नेपाल जनता पार्टी
७,५०६

नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,३८०

मितेरी पार्टी नेपाल
७,०४३

जनजागरण पार्टी नेपाल
६,५३६

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,४०९

तराई मधेश लोकतान्त्रिक पार्टी
५,९६८

जनसमाजवादी पार्टी, नेपाल
५,८७२

एकल चिह्न गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिस्ट पार्टी (समाजवादी/नेपाल दलित पार्टी)
५,७९६

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
५,१०१

विवेकशील साझा पार्टी
४,०३९

एकीकृत शक्ति नेपाल
३,७७६

नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
३,६९४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,४०४

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,३३२

मौलिक जरोकिलो पार्टी
३,२३५

नेपाल समावेशी पार्टी
२,९५२

नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
२,१९१

राष्ट्रिय नागरिक पार्टी
२,१४३

नेस्ननलिस्ट पिपल्स पार्टी
२,०१५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .