ad ad

राजनीति


दोलखामा माओवादीका कार्की १ सय ७३ मतले अगाडि, कुन-कुन वडा गन्न बाँकी?

दोलखामा माओवादीका कार्की १ सय ७३ मतले अगाडि, कुन-कुन वडा गन्न बाँकी?

नेपालखबर
मंसिर १९, २०७९ सोमबार ६:३०, काठमाडौँ

दोलखाको मतगणना अन्तिम चरणमा पुगेको छ। मुख्य निर्वाचन अधिकृतले दिएको पछिल्लो विवरण अनुसार यहाँ नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा देखिएको छ। 

अहिलेसम्म यहाँ ७६ हजार ७२ मत गणना भएको छ। एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ३२ हजार ८ सय ३३ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ३३ हजार ६ मत प्राप्त गरेका छन्। 

उनीहरुबीच १ सय ७३ मतको अन्तर छ। 

यहाँ सुरुदेखि नै यी दुई उम्मेदवारबीच उछिनापछिन भइरहेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ३ हजार १ सय २४ मत बदर भएको छ। 

अब शैलुङ गाउँपालिकाको वडा नम्बर १ र २, मेलुङ गाउँपालिकाको वडा नम्बर १ र ३, विगु गाउँपालिकाको १, २ र ३ वडा गन्न बाँकी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .