दोलखा जिल्लाको मतगणना अन्तिम चरणमा पुग्दैगर्दा यहाँको मतपरिणाम पनि रोचक बन्दै गइरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याकं अनुसार यहाँ एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच ३० मतको अन्तर छ।
७८ हजार ३ सय ४६ मत गणना भएको छ। एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ३३ हजार ९ सय ३९ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ३३ हजार ९ सय ९ मत प्राप्त गरेका छन्।
कुन कुन वडा बाँकी छ?
निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीका अुनसार अब शैलुङ गाउँपालिकाको वडा नम्बर १ र २ को मत गन्न बाँकी छ।
त्यस्तै, मेलुङ गाउँपालिकाको वडा नम्बर १ को मत गन्न बाँकी छ भने विगु गाउँपालिकाको वडा नम्बर १ को पनि मत.गणना बाँकी छ।
402
Shares
प्रतिक्रिया