प्रतिनिधि सभाको निर्वाचनमा सुर्खेत-१ बाट नेपाली कांग्रेसका विष्णुबहादुर खड्का निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, कांग्रेसका खड्का ८ हजार ७ मतान्तरले निर्वाचिन भएका हुन्। उनले २६ हजार ८९७ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीले १८ हजार ८९० मत प्राप्त गरेका छन्।
तेस्रो नम्बरमा रहेका रास्वपाका टेकबहादुर सिंह ठुकरीले १४ हजार ७२९ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का जितबहादुर रानाले २ हजार ८२८ मत प्राप्त गरेका छन्।
36
Shares

प्रतिक्रिया